Logo

गभर्नर अधिकारीलक्षित प्रदीप पौडेलको टिप्पणी : कार्यकर्ता भएर ल्याइने मौद्रिक नीतिले लक्ष्य भेटाउन सक्दैन



काठमाडौं, २९ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमालेले आफ्नो अर्थ योजना विभागमा राखेको एम अधिकारी भन्ने व्यक्ति को हो भनेर प्रश्न गरेका छन् । उनले महाप्रसाद अधिकारी गभर्नर हुन् भने एम अधिकारी को हुन् भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रश्न उठाएका हुन् । पौडेलले भनेका छन्,‘महाप्रसाद गभर्नर हुन् भने एम अधिकारी को हुन् ? एमालेले सार्वजनिक गरोस्। कार्यकर्ता भएर ल्याइने मौद्रिक नीतिले लक्ष्य भेटाउन सक्दैन, यो तथ्य पछिल्लो एमाले सरकारको काम हेरेर पुष्टि हुन्छ। चुलिँदो आर्थिक तरलतालाई फास्ट ट्रयाकमा हल गर्न र नागरिकका दैनिक समस्या सम्बोधन गर्न लचक हुनुपर्दछ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot