Logo

आफ्नै घरभित्र लागेर किशोरी बलात्कार गर्दा…



भोजपुर, २९ असार । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

जबरजस्ती करणी गरेको अभियोगमा रामप्रसादराई गाउँपालिका–१ ओख्रे बस्ने ४८ वर्षीय अम्बिराज कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले ती किशोरीलाई २०७८ फागुन २३ गते आफ्नै घरभित्र लागेर जबरजस्ती करणी गरी गर्भवती बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot