Logo

७८ वर्षीया वृद्धालाई जबरजस्ती गर्ने पुरुष पक्राउ



जाजरकोट, २९ असार । ७८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवालय गाउँपालिका–३ चोरकम्द बस्ने ६२ वर्षीय पुरुषलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

गत शनिबार वृद्धालाई ती पुरुषले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिमाबाट खटिएको प्रहरीले

उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत जाजरकोटबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot