काठमाडौं, २९ असार । नेपाली शेयर बजारमा आज उच्च अंकको वृद्धि भएको छ । साताको कारोबारको चौथो दिन आज नेप्से परिसुचक ५९ दशमलव ५४ अंकले बढेर १९८६ दशमलव ८२ विन्दु कायम भएको हो ।
त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १२ दशमलव ४२ अंकले बढेर ३८१ दशमलव ३७ विन्दुमा पुगेको छ ।
बुधबार २२५ कम्पनीको २ अर्ब ४४ करोड ४४ लाख ३ हजार ७ रुपैयाँ बराबरको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।
आज सबैभन्दा धेरै शिवमको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ७६८ रुपैयाँ अन्तिम मुल्य कायम भई ९० करोड २ लाख बढीको कारोबार भएको हो ।