Logo

वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता



काठमाडौँ,२९ असार । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । ज्येष्ठ नागरिक तथा शारीरिक अशक्ततता भएकालाई सहज बनाउन वडाबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्न लागिएको हो । नयाँ आर्थिक वर्ष २०७९÷८० को साउन दुई गतेदेखि पालिकाका ६ वटै वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको प्रबन्ध गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार सामाजिक सुरक्षा भत्ताको चालु आर्थिक वर्षको तेस्रो चौमासिक किस्ता पालिकाका सबै वडा कार्यालयमार्फत वितरण गरिने छ । त्यसका लागि कार्यतालिकासमेत बनेर सार्वजनिक गरिसकेको गोम्देनले जानकारी दिए । पालिकाको केन्द्रमा रहेको बैंकमार्फत सो भत्ता वितरण हुँदा सेवाग्राहीलाई आउनजान झन्झट हुने र भत्ता लिने क्रममा आउँदा–जाँदा अनावश्यक खर्चसमेत हुने भन्दै वडाबाट प्रदान गरिने व्यवस्था गरिएको हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot