Logo

श्रीलंकाबाट राजापाक्षे भागेपछि तारोमा प्रधानमन्त्री विक्रमासिंघे



एजेन्सी, २९ असार । राजीनामापत्रका हस्ताक्षर गरी रातारात श्रीलंकाबाट गोटाबाया राजापाक्षे भागेपनि स्थिति सामान्य भएको छैन । अन्तरिम राष्ट्रपति बनेका प्रधानमन्त्री रनिल विक्रमासिंघे तारोमा परेका छन् ।

विक्रमासिंघेले संकटकाल घोषणा गरेपनि प्रदर्शन कम भएको छैन । स्थिति नियन्त्रणबाहिर गएको छ । प्रदर्शनकारी गत शनिबार राष्ट्रपति भवनभित्र छिरेकोमा आज प्रधानमन्त्री कार्यालयमा छिरेका छन् ।

श्रीलंकाली जनताको आक्रोश अझै कम भएको छैन । उनीहरु प्रधानमन्त्री विक्रमासिंघेको पनि राजीनामा मागिरहेका छन् ।

आर्थिक संकटले श्रीलंका टाट पल्टिएपछि जनआक्रोश बढेको हो । जसका कारण राजापाक्षे परिवारको सत्ता ढलेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot