Logo

कानूनमन्त्री बन्दीसहित १३३ लाई वरिष्ठ अधिवक्ताको उपाधि (सूचीसहित)



काठमाडौं, २९ असार । कानूनमन्त्री गोविन्दप्रसाद शर्मा ‘बन्दी’ सहित १३३ जनालाई सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ । नेपाल कानून व्यवसायी परिषद् ऐन अनुसार उनीहरुलाई उपाधि प्रदान गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नेहरुमा बन्दीका अलावा भ्रमणकुमार श्रेष्ठ, चन्द्रप्रसाद काफ्ले, रामप्रसाद आचार्य, टीकाराम भट्टराई, भोजराज श्रेष्ठ, मीराकुमारी ढुंगाना, तुलसीराम निरौलालगायत छन् ।

यसपटक २०४३ सालदेखि २०५० सालसम्म कानून व्यवसायीको प्रमाणपत्र जारी भएकाहरुले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्