Logo

शक्तिशाली चिनियाँ नेतालाई नेपाल भ्रमण गराउने यी हुन् शक्तिशाली महिला



काठमाडौं, असार ३० ।  शक्तिशाली चिनियाँ नेतालाई नेपाल भ्रमण गराउने यी हुन् शक्तिशाली महिला केही समययता चीनका शक्तिशाली नेताहरु एकपछि अर्को गर्दै नेपाल भ्रमण गरिरहेका छन ।

हालै मात्र चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख जिआनचाओ लिउ चार दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएका छन । उनको भ्रमणपछि नेपाल–चीन सम्बन्ध थप उचाईंमा पुगेको दुवै देशका नेताहरुले बताएका छन ।

यसरी नेपालमा चीनकातर्फबाट एकपछि अर्को उच्चस्तरीय भ्रमण गराउन मुख्य भूमिका खेल्ने पात्र भने जेङ यूया हुन । उनको नेपाली नाम सरला हो । उनी चिनियाँ कम्युनिष्ट पार्टीको नेपाल मामिला हेर्ने नेतृ हुन ।

विगतमा जस्तै यसपटक लीउको नेपाल भ्रमण गराउन उनको महत्वपूर्ण भूमिका रहेको छ । यसअघि सन २०२० मा चिनियाँ विदेश मन्त्री वाङको भ्रमण गराउन पनि उनी सफल भएकी थिइन ।

वाङ भ्रमणको समन्वय मात्र होइन बेलाबेला चिनियाँ नेता र नेपाली नेताहरुबीच हुने भर्चुअल संवादको समन्वय समेत उनैले गर्ने गरेकीछिन । नेपाल–चीन सम्बन्धलाई बलियो र दीगो बनाउन आफू सदैव प्रयत्नशील रहने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot