Logo

अख्तियारको छानविनमा वायुसेवाका युवराज अधिकारी र जनक कलाखेती



काठमाडौं, ३० असार । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारी र आर्थिक विभाग प्रमुख जनकराज कलाखेती अख्तियारको छानविनमा परेका छन् । कोभिड १९ को इन्स्योरेन्समा टेन्डर दिंदा शिखर इन्स्योरेन्सलाई पारेर धाँधली गरेको विषयमा उजूरी परेपछि छानविनमा परेका हुन् ।

टेन्डर प्रक्रियामा कतिपय विषयहरु विवादमा परेको छ । शिखरलाई नै दिने गरी योजनावद्ध तरिकाले फाइल बढाइएको समेत खुलेको छ । टेन्डर प्रतिष्पर्धामा कसैलाई पनि मूल्य नदेखाई कागजको उल्टोतर्फ हस्ताक्षर गराएको खुलेको छ । यसबारे अख्तियारले फाइल जाँच गर्न थालेको बुझिएको छ ।

शिखरलाई टेन्डर दिंदा अधिकारी नै कार्यकारी अध्यक्ष थिए । वर्तमान आर्थिक प्रमुख कलाखेती नै आर्थिक प्रमुख थिए । अधिकारी बर्खास्तगीमा परेपनि अदालतको अन्तरिम आदेशले पुनः काममा फर्किएका छन् ।

प्रेम आले पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा अधिकारी सरकारको निर्णयले हटाइएका थिए । उनले त्यसलाई गैरकानूनी भन्दै मुद्दा दायर गरेपछि सरकारले अन्तरिम आदेश जारी गरी काममा फर्कने बाटो खुला गरेको हो ।

राष्ट्रिय बिमा कम्पनीसँग जी टु जीमा बिमा गर्नुपर्ने भएकाले कमिशनको खेलमा निजी कम्पनीसँग गर्न योजनावद्ध तरिकाले शिखरलाई लाभ हुने कार्य भएको खुलेको हो । यसअघि टेन्डर प्रक्रिया विवादमा परेपछि वायु सेवा निगमको कोभिड इन्स्युरेन्स लागू गर्ने प्रक्रिया पर्यटन तथा नागरिक उड्डयनमन्त्री र नागरिक उड्डयन प्राधिकरणले यो प्रक्रियानै रोकेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot