Logo

राजसंस्था चाहियो भन्दै ऋषि धमलाको कार्यक्रममा जंगिए ज्योतिषी गोपाल कोइराला (भिडिओसहित)



काठमाडौं, ३० असार । ज्योषित गोपाल कोइरालाले मुलुक राजसंस्था नहुँदा संकटमा परेको टिप्पणी गरेका छन् । राजसंस्था नभएकै कारण अहिले विदेशीले समेत नेपाललाई हेप्न थालेको उनको गुनासो छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने,‘अहिले देशमा राजसंस्था नहुँदा विदेशीले नपालमा धेरै चलखेल गर्न थाले । राजसंस्था हुँदा यस्तो थियो त ? म पूर्वराजा ज्ञानेन्द्रको प्रतिनिधि भएर आएको होईन, मैले त देशको माहोल हेरेर र जनताले आभाष गरेको कुरा बोलेको हुँ ।’

उनले राजा फर्किने आधार प्रशस्तै रहेको सुनाए । उनले अहिलेको व्यवस्थाबाट जनता आजित भैसकेको र अब जनताले राजा फर्काउन चाहेको बताए । उनले संघीयताले देश टाट पल्टिन थालेको आरोप लगाए । उनले अब देशमा कार्यकारी प्रधानमन्त्री र खोपीको राजा चाहिने आवश्यकत्ता औंल्याए ।

उनले २०४७ को संविधानलाई पनि ब्युँताउनुपर्ने माग गरे । उनले अब हुने निर्वाचनले पनि देशको हित नहुने जिकिर गरे । उनले अहिलेको सरकारलाई ढाल्नुपर्ने र विज्ञहरु सम्मिलित नयाँ सरकार बनाउनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्