काठमाडौं, ३० असार । लोकतान्त्रिक समाजवादी पार्टीकी चन्दा चौधरी उपसभामुखको उम्मेदवार बन्ने भएकी छिन् । उनलाई नेकपा एमालेले साथ दिने भएपछि लोसपाले चौधरीलाई अगाडि सारेको हो ।
चौधरीको प्रतिष्पर्धा नेपाली काँग्रेसकी पुष्पा भुसालसँग हुने भएको छ । चौधरी उपसभामुख उम्मेदवार भएमा एमालेको समर्थनसँगै मधेशवादी दलको पनि समर्थन भएमा प्रतिष्पर्धा रोचक हुनेछ । भुसाललाई गठबन्धनको साथ छ । गठबन्धन दल मिलेमा मात्र भुसाल जित्नेछिन् ।