Logo

एम अधिकारी गभर्नर नभएको एमालेको दाबी



काठमाडौं, ३० असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अर्थ तथा योजना विभाग सदस्य नरहेको स्पष्ट पारेको छ । एमालेले अर्थ विभागमा रहेका एम अधिकारी महाप्रसाद अधिकारी नभएको दाबी गरेको हो ।

गभर्नर अधिकारीले एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखेर आफु कुनै पनि पार्टीको सदस्य सोच्न समेत नसकिने बताएका थिए । त्यसको जवाफमा एमाले कार्यालयका सचिव भीष्म अधिकारीले सरकारी पद धारण गरेका व्यक्तिहरुलाई पार्टीको कमिटी र विभागमा रहने बैधाकिता नरहेको बताएका हुन् ।

कुनै पार्टीको सदस्य गभर्नर हुन नसक्ने भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्रले अधिकारीको राजीनामा मागिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्