Logo

उपसभामुखमा एमालेबाट विद्या भट्टराईले गरिन् मनोनयन दर्ता



काठमाडौं, ३० असार । प्रतिनिधि सभाको उपसभामुखमा नेकपा एमालेबाट विद्या भट्टराईले मनोनयन दर्ता गरेकी छिन् ।

भट्टराईले सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

भट्टराई एमालेका स्वः नेता रविन्द्र अधिकारीकी धर्मपत्नी हुन् । सांसद भट्टराई कास्कीबाट निर्वाचित हुन् ।

भोलि दिउँसो ३ बजे उपसभामुखको निर्वाचन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्