Logo

धनराज गुरुङ भन्छन् -प्रदेशलाई खुर्पाको बीड बनाउन लाग्यौं



काठमाडौं, ३० असार । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रदेशमा नेताहरुकै व्यवहारले समस्या आएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत गुरुङले प्रदेश जनताका लागि श्रीखण्ड नै होस् भन्ने चाहना राखेपनि नेताहरुकै कारण समस्या उत्पन्न भएको बताएका हुन् । उनले “चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बींड“ भन्दै व्यग समेत गरेका छन् ।

उनले लेखेका छन्,“चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बींड“ भन्थे हो रहेछ। “प्रदेश“ जनताका लागि श्रीखण्ड नै होस् भन्ने चाहना राखेका थियौं। तर हामी नेताहरुकै ब्यवहारले प्रदेशहरुलाई खुर्पाकै बींड बनाउन लाग्यौं।
मुलुकको दुर्भाग्य!”



प्रतिक्रिया दिनुहोस्