Logo

विप्लवनिकट अखिल क्रान्तिकारीद्वारा शिक्षाको अवस्थाबारे अन्तरक्रिया



काठमाडौं, ३० असार । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिले नेपालमा सरकारी÷सामूदायिक शिक्षाको अवस्था र देशव्यापी पाठ्यपुस्तक अभाव विषयमा अन्तरक्रियाको आयोजना गरेको छ । पछिल्लो समय संगठनले विद्यार्थीका मुद्दा ज्वलन्त रुपमा उठाउँदै आएको छ।

आजको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता भने संगठनका अध्यक्ष प्रकाश शाहीले गरेका हुन् भने स्वागत मन्तव्य भने नरेन्द्र विश्वकर्माले राखेका थिए । कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक युवराज अधिकारी, अभिभावक महासंघका केन्द्रीय सदस्य केदार कार्की र नेकपाका केन्द्रीय सदस्य चिरन पुनलगायतको सहभागिता थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपार्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्