Logo

सिंगापुरबाट इमेल पत्र पठाएर राजापाक्षेद्वारा राष्ट्रपतिबाट राजीनामा



एजेन्सी, ३१ असार । देश छाडेर सिंगापुर पुगेका गोटाबाया राजापाक्षेले श्रीलंकाको राष्ट्रपति पदबाट राजीनामा दिएका छन् । उनले इमेल पत्र पठाएर राजीनामा दिएका हुन् ।

राजापाक्षे बुधबार विहानै सैनिक विमानबाट मालदिभ्स पुगेका थिए । त्यहाँबाट साउदी एयरलाइन्सबाट सिंगापुर पुगे । उनले त्यतिबेलासम्म पनि राजीनामा दिएका थिएनन् ।

श्रीलंकामा प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यवाहक राष्ट्रपति छन् । उनको पनि राजीनामा मागेर प्रदर्शन चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्