Logo

ट्रम्पकी पहिलो पत्नी इभाना मृत फेला



एजेन्सी, ३१ असार । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी पूर्वपत्नी इभाना ट्रम्प मृत फेला परेकी छिन् । उनी न्यूयोर्कस्थित आफ्नै निवासमा मृत फेला परेकी हुन् ।

७३ वर्षीया इभाना चेक रिपब्लिकमा जन्मिएकी हुन् । उनको डोनाल्ड ट्रम्पसँग सन् १९७७ मा विवाह भएको थियो । विवाहको १५ वर्षपछि सन् १९९२ मा पारपाचुके गरे । यो जोडीबाट जुनियर डोनाल्ड ट्रम्प, इभान्का र इरिक गरी तीन सन्तान छन् ।

इभानाको मृत्युबारे अनुसन्धान भएको छ । उनको मृत्यु आकस्मिक रुपमा भएके बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot