Logo

जुम्लामा पावरहाउस भासियो, चौकीदार बचे परिवार बचाउन सकेनन्



काठमाडौं, ३१ असार । जुम्लामा पावरहाउस पुरिंदा एकैपरिवारका तीनजनाको ज्यान गएको छ । मृत्यु हुनेहरुमा पावरहाउसका चौकीदार गोरखबहादुर रावतकी पत्नी र दुई छोरा छन् ।

३१ असारको विहान साँढे दुई बजेतिर वर्षाका कारण पावरहाउस भास्सिएको थियो । वर्षाले विद्युतको नहरमा क्षति पुगेपछि गोरख नहरतिर लागे । तर, उनी फर्कदा परिवारका सदस्य पुरिइसकेका थिए । तत्काल प्रहरीलाई खबर गरेर उद्धार गरेपनि बचाउन सकेनन् ।

जुम्लाको हिमा गाउँपालिका १ आचार्यलिहीस्थित ८० किलोवाटको भित्री खोला जलविद्युत आयोजनामा चौकीदार थिए गोरख । उनकी ३० वर्षीया पत्नी विमला रावत, ९ वर्षका छोरा भरत रावत र ८ वर्षका सूर्य रावत पनि सँगै बस्थे ।



प्रतिक्रिया दिनुहोस्