Logo

सुष्मिता सेनले बिहे गर्ने ललित को हुन्



एजेन्सी, ३१ असार । आईपीएलका पूर्व अध्यक्ष ललित मोदीले बिहीबार साँझ ६ बजे ट्वीटरमा पूर्व मिस युनिभर्स सुस्मिता सेनसँग आफ्नो विवाहको घोषणा गरेका छन् ।

उनले सुस्मितालाई बेटर हाफ भने । पहिलो ट्विट गरेको करिब आधा घण्टापछि मिडियामा यो खबर पुगेपछि उनले आफ्नो स्पष्टिकरणमा दोस्रो ट्वीट गरे । यसमा लेखिएको छ–‘विवाह नगरेको, एकअर्कालाई डेट गर्दैछु भन्ने कुरा स्पष्ट गरौं । बिहे पनि छिट्टै हुँदैछ ।’

आफ्नो पहिलो ट्विटमा ललित मोदीले सुस्मिताको इन्स्टाग्राम अकाउन्ट @sushmitasen47 ट्याग गरेका छन् । सुष्मिताको ट्विटर एकाउन्ट  @thesushmitasen हो।

ललित मोदीले इन्स्टाग्राममा आफ्नो प्रोफाइल तस्वीर पनि परिवर्तन गरेका छन् । यो तस्बिरमा उनीसँगै सुस्मिता सेन छिन् । पृष्ठभूमिमा समुद्र देखिन्छ । इन्स्टाग्राम बायोमा ललित मोदीले लेखेका छन्–‘अन्ततः नयाँ जीवन सुरु गर्दै, सुस्मिता सेनसँग ’मेरो माया’।’ यससँगै मोदीले सुस्मिताको इन्स्टा एकाउन्टलाई पनि ट्याग गरेका छन् ।

सुस्मिता सेन सन् १९९४ मा मिस युनिभर्स भइन् । उनले सन् १९९६ मा दस्तक फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । उनले बीवी नम्बर १, डो नट डिस्टर्ब, मै हुँ ना, मैने प्यार क्यूं किया र तुमको ना भूल पायेंगे र नो प्रा‘ब्लम जस्ता फिल्ममा अभिनय गरेकी थिइन् । सुस्मिता सेन अन्तिम पटक वेब सिरिज आर्यमा देखिएकी थिइन्, जुन गत वर्ष इन्टरनेशनल एमीमा बेस्ट ड्रामा सिरिजको विधामा मनोनित भएको थियो।
सुस्मिता धेरैसँग रिलेशनशिपमा बसेपनि विवाह भने गरिनन् । सुस्मिता सेन दुई छोरी एलिसा र रेनीकी एकल आमा हुन्। सेनले सन् २००० मा रेनीलाई धर्मपुत्र लिएकी थिइन् भने एलिसा २०१० मा सुस्मिताको घरमा आइन् । रेनी छोटो फिल्मबाट अभिनय क्षेत्रमा प्रवेश गरेकी छिन् ।
सुस्मिता सेन र रोहमन शालको डिसेम्बर २०२१ मा ब्रेकअप भयो। दुई साढे दुई वर्ष डेटिङ गरेर लिभ इनमा बसे । रोहमन सुस्मिताभन्दा १५ वर्ष कान्छा थिए । सुस्मिता जहाँ ४७ वर्षकी भइन् । रोहमन ३२ वर्षका थिए । रोहमनभन्दा पहिले उनको नाम धेरै सेलिब्रेटीसँग जोडिएको थियो । जसमा विक्रम भट्ट, रणदीप हुड्डा, वसीम अकरम, ऋतिक भासिन र मुदस्सर अजिजको नाम समावेश छ।

ललित मोदीले आईपीएल सुरु गरेका थिए । उनी सन् २००५ देखि २०१० सम्म बीसीसीआईका उपाध्यक्ष पनि भए । उनी सन् २००८ देखि २०१० सम्म आईपीएलका अध्यक्ष र आयुक्त थिए। सन् २०१० मा ललितलाई धाँधलीको आरोपमा आईपीएल आयुक्त पदबाट निलम्बन गरिएको थियो । उनलाई बीसीसीआईबाट पनि निलम्बन गरिएको थियो । सन् २०१० मा सम्पत्ति शुद्धीकरण मुद्दामा ललित देश छोडेर भागेका थिए ।

उनको व्यक्तिगत जीवन पनि कम विवादित थिएन। उनी आफूभन्दा करिब १० वर्ष जेठी आमाकी साथी मीनलसँग प्रेममा परेका थिए । परिवारको विरुद्धमा गएर उनले मीनलसँग बिहे गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot