काठमाडौं, ३१ असार । सामाजिक एकता पार्टीका अध्यक्ष सिबी गहतराजले आगामी निर्वाचनमा लोकतान्त्रिक समाजवादी गठबन्धन बनाएर भाग लिने तयारी गरेको बताएका छन् । देश र जनतालाई निकास दिनेगरि आफूहरु राजनीतिक मैदानमा आएको उनको भनाई छ ।
उनले सामाजिक न्यायसहितको एजेण्डा लिएर आफूहरु चुनावमा जाने तयारी गरेको बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका संयोजक तारानाथ लुईँटेलले आफूहरुले १०० भन्दा बढि धार्मिक संस्था मिलेर मोर्चा गठन गरिएको र धर्म, संस्कृति र रितिरीबाज बचाएर लैजानको लागि आफूहरु सक्रिय भएको सुनाए ।उनले आफूहरुको मुख्य एजेण्डा नै संवैधानिक राजसंस्था र धर्मसापेक्षता राष्ट्र बनाउने मूल एजेण्डा रहेको सुनाए ।