Logo

मोरङ कारागरमा एक कैदीको कोरोनाबाट मृत्यु, १८ जनाको उपचार हुँदै



काठमाडौं, ३१ असार । मोरङको जिल्ला कारागार भित्र केही दिन यता कोरोना संक्रमण फैलिएको छ । कारागारका १९ जना कैदीलाई उच्च ज्वरो आएपछि कोसी अस्पताल भर्ना गरिएको छ । भर्ना भएका मध्ये एक जनाको उपचारको क्रममा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

साही अस्पतालमा १८ जना उपचाररत छन् । १८ जना मध्ये १६ जनालाई एन्टिजेन पाजेटिभ देखिएको र २ जनाको रिपोर्ट नेगेटिभ आएपनि लक्षण कोरोनासँग मिल्ने देखिएको स्रोतले जनाएको छ ।

सय डिग्री भन्दा बढी ज्वरो आएकाहरुलाई मात्र अस्पताल लगिएपनि भित्र बिरामीको संख्या धेरै रहेको छ । ३ सय क्षमताको कारागारमा १ हजार ८७ जना कैदीलाई राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot