Logo

रियाको घर सुशान्तको लागुऔषधको अड्डा



एजेन्सी, ३१ असार । सेप्टेम्बर २०१९ मा, लागूऔषध कारोबारी सूर्यदीप मल्होत्राले सुशान्तलाई पहिलो पटक देसी जोइन्ट ( गाँजाले भरिएको चुरोट) प्रस्ताव गरे। उनलाई यति मन पर्यो कि त्यसपछि उनले देसी जोइन्ट लिन थाले । पहिले गुणस्तरीय गाँजा आयात गर्ने गर्दथे ।

सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा दायर भएको लागू औषध नियन्त्रण ब्यूरो अर्थात् एनसीबीको चार्जशीटमा यो खुलासा गरिएको हो । आरोपपत्रमा यो पनि खुलासा गरिएको छ कि मृत्यु हुनुभन्दा करिब २० दिन अघि सुशान्तले शोभिकलाई चुरोट छोड्ने कुरा गरेका थिए ।

सुशान्त मृत्यु प्रकरणमा लागूऔषधको कोणबाट अनुसन्धान गरिरहेको एनसीबीले बुधबार एनडीपीएस अदालतमा २८७ पृष्ठको आरोपपत्र दायर गरेको छ । यसमा रिया र उनका भाइ शोविक चक्रवर्ती सहित ३३ जनालाई आरोपी बनाइएको छ ।

सुशान्तको मृत्यु भएको ७६० दिनपछि दायर गरिएको एनसीबीको २३७ पृष्ठको आरोपपत्रमा ३३ जना अभियुक्तको विस्तृत बयान समावेश छ। पृष्ठ ४९ मा अभियुक्त नम्बर १० अर्थात् रिया, अभियुक्त नम्बर ७ अर्थात् उनका भाइ शोभिक र अन्य अभियुक्तको भूमिका उल्लेख गरिएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

एनसीबीले ६ हजार २ सय ७२ पृष्ठको डिजिटल प्रमाण, २ हजार २ सय २६ पृष्ठको बैंक कागजात र मोबाइल नम्बरको सीडी पनि अदालतमा बुझाएको छ । प्रमाणका रुपमा २ हजार ९६० कागजात पेश गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot