Logo

अजोड इन्स्योरेन्स र कुमारी क्यापिटलबीच सम्झौता



काठमाडौं, ३१ असार । अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार सेवा (RTS) को लागी सम्झौता भएको छ ।

बिहीवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अश्विन बाबु श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता सँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाण्डौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

अजोड इन्स्योरेन्स लिमिटेडकोे सम्पूर्ण तथ्याङ्क क्यापिटललाई प्राप्त नभई सकेकोले आधिकारिक रुपमा सेवा प्रारम्भ भए पश्चात सो सम्बन्धी सूचना राष्ट्रिय दैनिकमा प्रकाशित गर्ने समेत क्यापिटलले बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot