Logo

होला त उपसभामुखमा लोसपाको समर्थन भुसाललाई



काठमाडौं, ३१ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधि सभाको उपसभामुखमा सत्तागठबन्धनकी उम्मेदवार पुष्पा भुसाललाई समर्थन गर्ने सम्भावना बढेको छ ।

उपसभामुख चयनका लागि आज चुनाव हुँदैछ । उपसभामुखमा गठबन्धनबाट नेपाली कांग्रेसकी भुसाल र नेकपा एमालेबाट विद्या भण्डारी प्रतिस्पर्धामा उत्रिएका छन् ।

सत्तागठबन्धन र लोसपाको समर्थनमा भुसाल उपसभामुख हुने सम्भावना बढी छ । प्रतिनिधि सभामा लोसपाका १३ जना सांसद छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot