Logo

आइजीपी बढुवामा कस्को पक्षमा आउला फैसला



काठमाडौं, ३१ असार । आइजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सुनुवाई सकिएको छ । सुनुवाई सकिएपछि फैसला आउने अपेक्षा गरिएको छ ।

फैसला पोखरेलको रिटको विपक्षमा आए उनी घर जानेछन् । २० साउनबाट पोखरेल एआइजीका रुपमा उमेरहदले घर जानेछन् ।
फैसला पोखरेलको पक्षमा आएमा आइजीपी सिंहको फुली खोसिनेछ । त्यसपछि नयाँ आइजीपी नियुक्तिको प्रक्रिया बढ्न सक्छ । तर, यो सम्भावना कमजोर रहेको बुझिएको छ ।

सरकारले तेस्रो वरियताका एआइजी सिंहलाई आइजीपी नियुक्त गरेको भन्दै पोखरेलले रिट दायर गरेका थिए । तर, पोखरेल इन्स्पेक्टरमा भर्ना हुँदा सिंहभन्दा वरियतामा निकै तल थिए । एसपीसम्म वरियतामा सिंहभन्दा पछि थिए । पछि छलाङ मार्दै एआइजी बने । वरियतमा माथि परे तर रोक्किनपुगे ।



प्रतिक्रिया दिनुहोस्