Logo

आयल निगमले तेल खरिदको रकम भुक्तानी गर्न नसकेपछि…



काठमाडौं, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थ खरिदको रकम भुक्तानी गर्न नसकेपछि सरकारले मन्त्रिपरिषदको बैठकबाट दिने निर्णय गर्दै आएको छ । निगमको पेट्रोलियम पद्धार्थ खरिदवापतको भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब नाघिसकेको छ । उसले सरकारबाट अरबौं रुपैयाँ लिइसकेको छ ।

सरकारी ढुकुटीबाट विदेशी मुद्रा घट्दै गएको छ । विशेषगरी तेल आयातमा बढी रकम विदेशिएको छ । निगम घाटामा पेट्रोलियम पद्धार्थ बेचिरहेकोछ । सरकारलाई कर घटाउन दबाब बढिरहेको छ ।

मूल्य समायोजन गरी समस्या समाधान गर्ने निगमको प्रयास छ । तर, देशको ढुकुटी रित्तिदै जानेगरी पेट्रोलियम पद्धार्थ आयातमा अरबौं रकम नियमित बाहिर गइरहेको छ ।

निगमले सकेसम्म पेट्रोलियम पद्धार्थ प्रयोग कम हुने उपाय अपनाउन सुझाव दिएको छ । पैदल हिंड्ने देखि विद्युतीय सामाग्री प्रयोगको सुझाव दिएको छ । तर, तेलको प्रयोग घटेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot