Logo

आजको मौसमः आंशिक बदलीदेखि सामान्यतया सफा रहने



काठमाडौं, असार ३२ । आज मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, गण्डकी प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आज बिहान आंशिकदेखि सामान्यता बदली रहेको छ। उक्त प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्यता बदली रहनेछ। देशभरका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यता सफा रहनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot