Logo

नयाँ दिल्लीमा प्रचण्डको सक्रियता, राजदूत शर्मासँग ब्रेकफाष्टदेखि प्रवासी नेपालीसँग अन्तरक्रियासम्म



काठमाडौं, ३२ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल यतिवेला भारत भ्रमणमा छन् । हिजो तीन दिनको भ्रमणको लागि उनी दिल्ली पुगेका हुन् । दाहालले आजबाट भारतीय उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि उनले आज भारतस्थित् नेपाली दुतावासमा राजदुत शंकर शर्मासंग ब्रेकफास्ट मिटिङ गरेका छन् ।

सोलगत्तै पदायका प्रतिनिधिले अखिल भारत नेपाली एकता मंचलाई लगाएको पोटा कानुन खारेज गर्नुपर्ने, विदेशमा बस्ने नेपालीलाई मताधिकारको व्यवस्था हुनुपर्ने र प्रवासी नेपालीलाई नेपाल सरकारले विभेदपुर्ण ब्यबहर गर्न नहुने लगायतका विषय राखेका थिए। प्रचण्डले नेपाली क्रान्तिमा प्रवासी नेपालीको भुमिका उच्च रहेको बताउदै पोटा कानुन लगायतका विषयमा भारत सरकारसङग कुरा गर्ने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्