Logo

‘उपेन्द्र एक कृतघ्न बिजेता हुन, जो आफ्नै सहकर्मी कमाण्डरहरूसंग हृदयभरि बैमनस्य राख्छन्’



जेपी गुप्ता : एउटालाई तल झारेर अर्कालाई पदास्थापन गराउनु अस्वभाविक होईन। राजाहरूले प्रायसः बैसाख एक गते अंचलाधिशहरू फेर्थे। उपेन्द्र यादवको मौजामा आज अशोक राई तेही पुगेका छन् जहाँ डा. बाबुराम भट्टराई थिए।आजको जसपाको तुलनामा अतुलनीय बलियो रहेको एमालेमा अशोक राई निर्वाचित उपसभापति थिए। कुनै समयका चर्चित वामपंथी नेता सीतानन्दन राई; जो उपेन्द्रको फोरममा आएका थिए, उनले आफ्नी श्रीमतीका सम्मुख मलाई भनेका थिए-“मधेसका सवाललाई मिशन बनाएर जो कोही उपेन्द्रसंग जोडिन आउँछन्, तिनीहरू मै जस्तो मुर्ख हुनेछन्।” गणतन्त्र नेपालको पहिलो उपराष्ट्रपतिमा सीतानन्दनलाई फोरमबाट उम्मेदबार बनाउन सहमति भै नागरिकताको प्रमाण पत्र लिई आउनु भनेका उपेन्द्रले अचानक परमानन्द झालाई उम्मेदवार बनाए। यसबाट मर्माहत भएका थिए सीतानन्दन राय।

जानकारहरूको अनुभव छ, बरोबरको उचाँईमा अभिएर आँखा मिलाएको देख्दा उपेन्द्रलाई चक्षुसूल हुन्छ। मंचमा संगै राखिएको कुर्सीमा बसेका उनै बराबरका साथीको उपस्थितिबाट उनि भयातुर हुन्छन्।उनको हृदय अपमान, उपेक्षा तथा तिरस्कार उत्पादन गर्ने कारखाना हो। यसका मेशिनहरू चल्न थालेपछि उपेन्द्रले कसैलाई पार्टीबाट निकाल्नु पर्दैन।

अपमान, उपेक्षा र तिरस्कार भनौं वा नजरअन्दाजको दावानलले कुनै पनि स्वभिमानी मानिसलाई उपेन्द्रको लक्षागृहमा बस्ने अवस्था नै रहदैन। यसमा उपेन्द्रका लागि यादवहरू प्रिय र अरू अप्रियको सवाल नै रहदैन। यादवहरू रौटहटका अमर यादव, सिरहाका रामरिझन यादव, सर्लाहीका रामचन्द्र राय र रामेस्वर राय यादव, महोत्तरीका भरत बिमल यादव, पर्साका डा. शिव शंकर यादव, मोरंगका उमेश यादव, सप्तरीका बिपी यादव यस्ता अनेकौ नामहरू छन् जो यादव भएरपनि उपेन्द्रसंग रहन सकेनन्। उपेन्द्र कसैलाई निकाल्दैनन्, बस् उनिसंग बस्न नसकिने परिस्थितिको निर्माण मात्र गरिदिन्छन्।

उपेन्द्र एक कृतघ्न बिजेता हुन। जो आफ्नै सहकर्मी कमाण्डरहरूसंग हृदय भरी बैमनस्य राख्छन्। उनि यस्ता कमाण्डर हुन्, जो सहयोगीहरूसंग नदी तर्नका लागि पल्टुन पुल बनाउन लगाउँछन्। अरूलाई नदीको वारीपट्टी रोक्न लाएर आफु मात्र पुलबाट तर्छन्। अनि पार भएपछि पल्टुन पुललाई ध्वस्त बनाएर तोडद्छन्। डुबाईदिन्छन्। नदी पार गर्नका लागि उनको आदेश पर्खेका सहकर्मीहरूलाई बाई बाई गरी उनि अगाडीका टुकुचाहरू पार् गर्दै बढछन्।

मलाई तलको तस्वीर सुरक्षित राख्न मन लाग्यो। मिहनेती पत्रकार सुरेश यादवले यस तस्वीरलाई ट्वीट गर्दै लेखेका छन्-“अहिलेको सन्दर्भमा यो फोटो निकै सान्दर्भिक छ । मधेशवेसमा पत्रकारिता गर्ने साथीहरुले यो फोटो सेभ गरेर राख्नुहोला छिट्टै काम आउनसक्छ।” सुरेशको यस कथनले हजारौं पंक्तिहरू बोलेको छ, भोलीको जसपाका बारेमा। यसर्थ, मैले पनि आफ्ना २/४ शब्दहरूका साथ यस फोटोलाई सुरक्षित पारेको छु।



प्रतिक्रिया दिनुहोस्

Screenshot