काठमाडौं, ३२ असार । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले राजदूत जस्तो जिम्मेवार पद खरिदविक्री हुनथाल्नु लज्जास्पद भएको टिप्पणी गरेका छन् । उनले राजदूत पद नै खरिदविक्री हुन थालेपछि मुलुकको अपमान भएको बताएका हुन् ।
राजदूत पद बेच्ने पद हो ? भण्डारीले राजधानीमा नेपाल चीन हिमालय मैत्री समाजको कार्यक्रममा भने । रामायणमा रामले दूत बनाएर पठाएका अंगदले रावणले स्थान नदिंदा आफै पुच्छरको आसन बनाएको उदाहरण दिदै राजदूत पदको गरिमा बुझ्न भने ।
नेपाल सुरक्षित ठाउँमा भएको टिप्पणी गर्दै भारत र चीनको विरोध गरेर केही लाभ नहुने बताए । भारत र चीनबाट लाभ लिनसक्नुपर्ने बताए । नेपाल असंलग्न भएको बताउँदै युक्रेन बनाउने बाटोमा जान नहुने बताए ।
नेपालको स्रोत र साधनको सदुपयोग गर्नुपर्नेमा जोड दिए । विदेशीसँग भीख माग्ने शैलीमा रकम माग्ने गतिविधि अन्त गर्नुपर्नेमा जोड दिए ।