Logo

ओलीले प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै भनेः आउनुहोस् वामपन्थी सरकार बनाऔं



काठमाडौं, ३२ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी सरकार बनाउन आव्हान गरेका छन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका नेता माधवकुमार नेपाललगायत वामपन्थी नेताहरुतर्फ संकेत गर्दै वामपन्थी सरकारको आव्हान गरेका हुन् ।

‘वामपन्थी सरकार बनाऔं,’ नेपाल चीन हिमालय मैत्री समाजद्वारा राजधानीमा आयोजित कार्यक्रममा ओलीले भने,‘वामपन्थी हो भने आउनुहोस् । निष्पक्ष चुनावबाट सरकार बनाऔं ।’

पछिल्लो समय वामपन्थी एकताको प्रयास भइरहँदा ओलीको भनाई आएको हो । उनले विगतका कुरा बिर्सिएर नयाँ ढंगबाट जान सकिने सम्भावना औल्याए ।

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवामाथि घुँडा टेकेर सत्ता जोगाएको आरोप समेत लगाए । ‘घुँडा टेकेर सत्ता जोगाउने,’ ओलीले देउवामाथि व्यङ्ग्य गर्दै भने । उनले सत्ता गठबन्धनले आफ्नो भूमिलाई हाम्रो भन्न नसकेको आरोप लगाए ।

‘चीन र भारतको भूमि मेरो हो भनेर जान सक्दैनौं,’ ओलीले भने,‘हाम्रो चाहिं हाम्रो भन्न सक्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot