Logo

काठमाडौं बारमा लोकतान्त्रिक समुहको प्यानल निर्वाचित



काठमाडौं, १ साउन । शनिबार भएको काठमाडौं जिल्ला बार एसोसिएशनको निर्वाचनमा लोकतान्त्रिक समुह विजयी भएको छ । नेपाल डेमोक्रेटिक लयर्स एशोसियन (डिएलए)को तर्फ रामचन्द्र पौडेल समुहको प्यानल नै निर्वाचित भएको हो ।

त्यस्तै, उपाध्यक्षमा पुरुषोत्तम अधिकारी, सचिवमा उज्वलराम श्रेष्ठ, सचिवमा अञ्जु रेग्मी अर्याल र कोषाध्यक्षमा सन्तोष भण्डारी विजयी भएका छन् ।

खुल्ला सदस्यमा मदनकुमार दाहाल, सुर्यमणी राई, सुनिल थापा, भिष्म निरौला, सुवास पाठक, सुर्यबहादुर दौल्याल निर्वाचित भएका हुन् । यसैगरी, सदस्यमा हरिराम लामिछाने, प्रविण हुमगाई, दिपककुमार साहलगायत विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्