Logo

यहाँ (नेपाल) मा आफ्नो डम्फु बजाएर बिजेपी विरोधी हुन्छु भनेर त्यसको कुनै तुक भएन : पाण्डे (भिडिओसहित)



काठमाडौं, १ साउन । परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले पछिल्लो समय दक्षिण एशियामा राजनीतिक रुपमा पनि अलिकति असहज स्थिति उत्पन्न भएको टिप्पणी गरेका छन् । उनले भने,‘नेपालमा कर्मचारीतन्त्र र राजनीतिक दलका नेता वा सरकारबाट होस वा विपक्षी दलबाट होस, जसरी भएपनि आफ्नो दुईवटा छिमेकीसँग राम्रो सम्बन्ध, भरपर्दो सम्बन्ध राख्नैपर्छ । भारतले अस्ति भर्खरै गहँुको निर्यात बन्द गर्यो । तर, नेपाललाई चाहीँ होइन भन्यो । नेपाललाई उसले अहिलेसम्म पैठारी गरिरहेको छ ।नेपाल आयल निगमले भारतलाई ३० अर्बभन्दा बढि पैसा तिर्न बाँकी नै छ । तर, उसले तेल दिईरहेको छ ।’

उनले भारत र चीन दुवै देशले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार गरिरहेको सुनाए । नेपालको स्थिति श्रीलंकाजस्तो नहोस भन्नेतर्फ आफूहरु सचेत हुनुपर्नेमा उनले जोड दिए । भाजपाले नेपाललाई हिन्दूराष्ट्र बनाउँछु भनेर आधिकारिक रुपमा नभनेको पाण्डेले स्पष्ट पारे । कुराकानीको क्रममा पत्रकार धमलाले बिजेपीका नेताहरुले नेपाल आएर यहाँका नेताहरुलाई हिन्दूराष्ट्रको पाठ पढाएका होलान् ? सिकाएका होलान् ? तपाईँलाई के लाग्छ ? भनेर प्रश्न सोधेका थिए ।

जवाफमा पाण्डेले भने–‘होलान मात्रै होला, अहिलेसम्म ईभिडेन्स केही पनि छैन् । त्यो त उसले आधिकारिक रुपमा भनेको छैन् । जुन प्रकारले उसले विजय प्राप्त गर्दैछ, हिन्दू मेजोरेटी स्टेटमा मात्रै होईन, जुन जुन क्षेत्रमा मुस्लिमहरु मेजोरेटीमा छन्, कतिपय राज्यमा, त्यहाँ पनि विजपीले जितेको छ । त्यसकारण ओभरह्वेल्मिङ मेजोरेटीको रुपमा भाजपा आउनु, हाम्रो छिमेकी राज्यमा भाजपाकै सरकार हुनु, त्यो परिप्रेक्ष्यमा यहाँ आफ्नो डम्फु बजाएर विजेपी विरोध हुन्छु भनेर त्यसको तुक भएन् ।’



प्रतिक्रिया दिनुहोस्