Logo

प्रचण्ड भाजपाको हेडक्वार्टरमा, अध्यक्ष नड्डाले गरे दोसल्ला ओढाएर स्वागत



काठमाडौं, १ साउन । भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय जनता पार्टीको मुख्यालय पुगेका छन् । सो क्रममा उनलाई विजेपीका अध्यक्ष जगतप्रकाश नड्डाले दोसल्ला ओढाएर स्वागत गरेका थिए । दाहाल नड्डाकै निमन्त्रणामा भारत भ्रमणमा गएका हुन् ।

उक्त भेटवार्तामा भारतीय विदेशमन्त्री एस जयशंकर, भाजपाका नेताहरू र प्रचण्डपुत्री गंगा दाहालका साथै स्वकीय सचिव रमेश मल्ल सहभागी थिए । दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि आजै भेटवार्ता गर्ने बुझिएको छ । उनी आजै साँझ स्वदेश फर्कने छन् ।



प्रतिक्रिया दिनुहोस्