Logo

प्रचण्डको ‘यू टर्न’, हिन्दूत्व विचारधाराको भाजपासँग समझदारी



काठमाडौं, १ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कट्टर कम्युनिस्ष्ट हुन् । उनी माओ विचारबाट प्रभावित भई जनयुद्धको नेतृत्व गर्न सम्म पुगे । तर, शान्तिपूर्ण राजनीतिक मूलधारमा आए ।

प्रचण्डकै कारण देश गणतन्त्र, संघीयता र धर्मनीरपेक्षमा गयो । धर्मनीरपेक्षका पक्षपाती भएपनि प्रचण्डले भैंसी पूजासम्म गरेको विषय चर्चामा आयो ।

भारत भ्रमणमा रहेका प्रचण्डले त्यहाँको सत्तारुढ भारतीय जनता पार्टीसँग समझदारी गरेका छन् । उनले माओवादी पार्टी र भाजपाबीच संयुक्त कार्यक्रम गर्ने समझदारी गरे । यसलाई अर्थपूर्ण मानिएको छ ।

कम्युनिस्ट सिद्धान्त मान्ने दल र कट्टर कम्युनिस्ट विरोधी हिन्दुत्वको सिद्धान्त मान्ने भाजपाबीच कस्तो कार्यक्रम हुने चासो बनेको छ । यसलाई प्रचण्डको यु टर्नको रुपमा बुझ्न थालिएको छ ।

प्रचण्ड पछिल्लो समय धर्म संस्कृतिको विषयमा उदार बन्दै गएको बुझिएको छ । विशेषगरी पत्नी सीता दाहाल विरामी भएपछि उनले योगगुरु रामदेव कहाँ सम्म पुर्याए । प्रचण्डले विगतमा भैंसी पूजा गरेजस्तै अनेकन पूजाहरु गराएको बुझिएको छ । प्रचण्ड यसरी यू टर्न हुँदै गएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot