Logo

ओली ‘नास्तिक’ र पृथ्वीनारायण शाहको आलोचक देखिए



काठमाडौं, १ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मठ मन्दिर र गुम्बामा देखिएका थिए । उनले पशुपतिनाथको दर्शन गरेर तस्बिर सार्वजनिक गरे । बौद्ध गुम्बामा समेत मुगे । ओली निकै धार्मिक जसरी प्रस्तुत भए ।

ओलीले ऋषिमुनीहरुको विषय भाषणहरुमा चर्चा गर्थे । अयोध्या नेपालमा भएको र हिन्दूहरुले भगवान मान्ने राम जन्मभूमी अयोध्या नेपालको चितवनमा भएको दाबी गरे ।

राष्ट्रवादको एजेन्डा उठाउँदा ओलीले पृथ्वीनारायण शाहको निकै प्रशंशा गरे । उनले पृथ्वीनारायण शाहको शालिक राख्नुपर्छ सम्म भने ।
तर, नेपाल चीन हिमालय मैत्री समाजको आयोजनामा ३२ असार राजधानीमा भएको कार्यक्रममा पृथ्वीनारायण शाहको दिव्योपदेश राजा महेन्द्रको पालामा बनाइएको तर्क गरे । २७ पौष २०२५ मा दिव्योपदेश ल्याइएको बताए ।

ओलीले सपथ लिंदा ईश्वरको नाममा लिने गर्दैनन् । उनले ईश्वर शब्द नै उच्चारण गर्दैनन् । तर, ओलीले अयोध्यामा राम जन्मिएको देखि ऋषिमुनीहरु नेपालमा जन्मिएको दाबी गर्दै आएका छन् । उनले ३२ असारकै कार्यक्रममा आफ्ना लागि नेपाली जनता ईश्वर भएको बताए । ओलीले घुमाउरो तरिकाले आफू नास्तिक भएको देखाइरहेका छन् ।

एकातर्फ ओली पृथ्वीनारायण शाहको शालिक राख्नुपर्छ भन्छन् अर्कोतर्फ दिव्योपदेश नै उनको होइन भन्छन् । एकातर्फ उनी राम नेपालमा जन्मिएको भन्छन्, राम जन्मभूमि अयोध्या नेपालमा रहेको भन्छन् तर, आफूलाई नास्तिकका रुपमा प्रस्तुत गर्छन् । उनको यो शैली चासो बनेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot