Logo

काठमाडौं जिल्ला अदालत बार अध्यक्षमा पौडेल, उपाध्यक्षमा अधिकारी



काठमाडौं, २ साउन । काठमाडौं जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा रामचन्द्र पौडेल (आरसी विमल) निर्वाचित भएका छन् । उपाध्यक्षमा सार्वाधिक मत ल्याएर पुरुषोत्तम अधिकारीले चुनाव जितेका छन् ।

५ पदाधिकारी र १४ सदस्यसहित १९ कार्यसमितिका लागि भएको निर्वाचनमा सबै सिट डेमोक्रेटिक लयर्स एशोसिएसनले जितेको छ । पौडेलले निकटतम प्रतिद्वन्द्वी बागी उम्मेदवार हरि कट्टेललाई ८ सय ४६ मतान्तरले पछाडि पारेका छन् । उपाध्यक्षमा अधिकारीले निकटतम प्रतिद्वन्द्वी जीवन कुमार राईलाई ९ सय ७४ मतले हराएका छन् । उनले १ हजार ८९ मत ल्याएका हुन् ।

अध्यक्षमा पौडेल, उपाध्यक्षमा अधिकारी, सचिवमा उज्वलराम श्रेष्ठ, सहसचिवमा अन्जु रेग्मी अर्याल र कोषाध्यक्ष सन्तोष भण्डारी निर्वाचित भएका हुन् ।

महिला सदस्य गिता श्रेष्ठ र उमादेवी प्रसाईं निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा भिष्म निरौला, मदन कुमार दाहाल, संकल्प क्षेत्री, सूर्यमणि राई, सुनिल थापा, सूर्यबहादुर दौल्याल, सुवास पाठक र हरिराम लामिछाने निर्वाचित भएका छन् । त्यस्तै चेतनाथ तिमल्सेना, जीवन न्यौपाने, प्रविण हुमागाईं र दिपक कुमार साह विजयी भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्