Logo

नागरिकता विद्येयक अघि बढाउनेबारे छलफल, गृहमन्त्री खाँण र कानूनमन्त्री बन्दी खुमलटारमा



काठमाडौं, २ साउन । सरकारले नागरिकतासम्बन्धी विद्येयक अघि बढाउने तयारी गरेको छ । यसअघि संसद्मा दर्ता भएको विद्येयक सरकारले फिर्ता लिएको थियो । सो विद्येयक फिर्ता लिएसँगै सरकारले नयाँ विद्येयक संसद्मा दर्ता गराएको छ । विद्येयक पास गराउनको लागि गृहमन्त्री बालकृष्ण खाँण र कानूनमन्त्री गोविन्द शर्मा बन्दीले सक्रियता बढाएका छन् ।

आजमात्रै पनि खाँण र बन्दी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास पुगेका थिए । सो क्रममा दाहालसँगै माओवादी केन्द्रबाट नेताहरु वर्षमान पुन र शक्तिबहादुर बस्नेत पनि सहभागी थिए । नागरिकता विद्येयकको विषयमा भने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारको आलोचना गरिरहेको छ ।

२०६३ सालमा बनेको नागरिकता ऐन संशोधन गर्न सरकारले भर्खरै संसद्मा नयाँ विद्येयक पेश गरेको थियो । तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ सालमा ल्याएको विधेयक वर्तमान सरकारले फिर्ता लिएको थियो । file photo



प्रतिक्रिया दिनुहोस्