Logo

खाजा घरमा नाबालिकाहरुलाई वेश्यावृतीमा लगाउने महिला पक्राउ



काठमाडौं, २ साउन । खाजाघरमा नाबालिकाहरुलाई वेश्यावृतीमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

नाबालिकाहरुलाई वेश्यावृतीमा लगाउने कार्यमा संलग्न रहेको आरोपमा काठमाडौं टोखा नगरपालिका–९ बस्ने ईलाम माई नगरपालिका–७ घर भएकी २८ वर्षीया चिनी माया लामा लिम्बु बिहीबार साँझ पक्राउ परेकी हुन्।

लिम्बुले २ जना नाबालिकालाई काठमाडौं टोखा नगरपालिका–९ मा संचालन गरेको खाजा होटलमा ग्राहकहरूसँग प्रतिव्यक्ति १ हजार रुपैयाँ नगद लिई नगद आफूले नै राखी पीडितहरूलाई खाना मात्र खुवाई जबरजस्ती वेश्यावृतीमा लगाउने तथा बाहिर कसैलाई बताएमा ज्यान लिने डरत्रासमा पारी बन्धनमा राखेको अवस्थामा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले शक्ति समूहको सहयोगमा जेठ १३ गते उद्दार गरेको थियो ।

उनीमाथि ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot