Logo

कम्युनिस्ट एकताका लागि कट्टेलको हातबाट नेकपाको नेतृत्व फुत्काउन वामदेव यसरी लागे



काठमाडौं, २ साउन । कम्युनिस्ट पार्टी एकताको अभियान लिएर बढेका वामदेव गौतम विभिन्न रणनीतिका साथ प्रस्तुत भएका छन् । उनले केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटेर माहोल तयारको प्रयास थालेका छन् ।

गौतमले तत्कालीन नेकपाका सचिवालय सदस्यमध्ये आफूसहित प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठबीच संयुक्त भेट पनि राखे । यो संख्या तत्कालनि नेकपाको सचिवालयका बहुमत हो । यसरी गौतम फरक रणनीतिका साथ प्रस्तुत भएका छन् ।

कम्युनिस्ट एकता टुटाउने एउटा परिस्थिति ऋषि कट्टेल नेतृत्वको नेकपाले निर्वाचन आयोगमा आधिकारिता पाउने सर्वोच्च अदालतको फैसला पनि थियो । त्यसपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताएको थियो । कट्टेल नेतृत्वको नेकपा आधिकारिक भएपछि ओली र प्रचण्ड अलग हुने परिस्थिति बन्यो । यसलाई बुझेका गौतमले नेकपा आफ्नो हातमा पार्ने रणनीति चाले ।

नेकपाभित्रको एउटा समूहसँग गौतमले भित्री रुपमा भेटवार्ता गरे । उनले नेकपाबाट कट्टेललाई अलग बनाउने र भविष्यमा वामपन्थी एकताको बिन्दु तयार पार्ने प्रयास थाले । विशेषगरी नाम हात पार्ने उनको रणनीति थियो । गौतमसँग नजिक नेकपा नेताहरुले कट्टेललाई निष्काशित गरेको घोषणा गरिसकेका छन् । अब निर्वाचन आयोगले यसबारे निर्णय गर्नेछ । कट्टेलले आयोगलाई प्रभावित पार्न खोजिएको खुलाएका छन् ।

वामदेव गौतमले कट्टेल हटाउने पक्षलाई सक्रिय बनाएर यही नामबाट वामपन्थी एकता गर्न खोजेका छन् । नेकपा ब्युँताउने प्रयासमा वामदेव नेतृत्व लिएर बढेका छन् । गौतमले भेटेपछि ओली पनि प्रचण्ड र माधव नेपालसँग मिलेर जान सकारात्मक भएका छन् । उनले सार्वजनिक रुपमा वामपन्थी एकताको आव्हान गरेर लचकता देखाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot