Logo

महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाडौं प्रमुख चौधरीले भनिन्–‘काठमाडौं उपत्यकाको जाम कम गर्न सक्दो प्रयास गर्छु



काठमाडौं, २ साउन । महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाडौंको नवनियुक्त प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले उपत्यकाको ट्राफिक जाम कम गर्न आफूले सक्दो प्रयास गर्ने घोषणा गरेकी छिन् । उनले ट्राफिक जाम कम गर्न आफूले व्यवस्थित पार्किङस्थलमा जोड दिएको बताईन् ।

उनले भनिन्,“उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि पार्किङ स्थलको समस्या समाधान हुनुपर्छ । यसका लागि काठमाडौंका मेयरसँग सल्लाह हुँदै छ ।’ त्यस्तै, डीआईजी चौधरीले सार्वजनिक सवारीको भाडादर अनुगमन, यात्रु सहायता, बसपार्कजस्ता समस्या समाधानका लागि यातायात व्यवसायीसँग निरन्तर छलफल जारी रहेको स्पष्ट पारिन् ।

ट्राफिक सचेतनालगायत कार्यक्रम गर्नका लागि विभिन्न १५ वटा निकायसँग समन्वय भइरहेको महाशाखाले जनाएको छ । डीआईजी चौधरीले हराएर भेटाइएका र कारवाहीमा परेका गरी कुल २००० सवारी साधन महाशाखामा रहेको र धनीले लिन आउन पनि आग्रह गरिन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot