Logo

रिपोर्टर्स क्लब ललितपुर जिल्लाको अध्यक्षमा दिपक अर्याल



साउन २, काठमाण्डौ । रिपोर्टस क्लब नेपालले ललितपुर जिल्लाको अध्यक्षमा पत्रकार दिपक अर्याललाई नियुक्त गरेको छ । क्लबका सभापति ऋषि धमलाले अर्याललाई ललितपुर शाखाको अध्यक्ष नियुक्त गरेका हुन् । हाल धमला नै अध्यक्ष रहेको प्राइम टाइम्स टेलिभिजनमा कार्यरत अर्याललाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको हो ।

नेपाल पत्रकार महासंघको ललितपुर शाखाको कार्यबाहक कोषाध्यक्षसमेत रहेका अर्याल खोजमूलक पत्रकारितामा सक्रिय छन् । उनी नेपाल स्काउटको गोदावरी नगरपालिकाका संयोजकसमेत हुन् ।

क्लबको गर्भिलो इतिहास र वर्तमानको साखलाई आत्मसात गर्दै भूमिका निर्वाह गर्ने विश्वास लिएको छ ।



प्रतिक्रिया दिनुहोस्