काठमाडौं, ३ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले देशव्यापी रुपमा विशेष अभियान चलाउने भएको छ । पार्टीको सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले भदौमा विशेष अभियान चलाउने निर्णय गरेको हो ।
कांग्रेसको चुनाव लक्षित अभियान आगामी भदौ २ देखि २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ । साथै बैठकले आसन्न संघ र प्रदेश सभा चुनावमा सत्तासाझेदार दलहरुसँग गठबन्धन गर्ने पनि निर्णय गरेको छ ।
अवधि सकिएर गठन हुन नसकेका संघहरुलाई साउनभित्र गठन गर्ने र पुर्णता दिने कांग्रेसले निर्णय समेत गरेको छ ।