Logo

अमेरिकाको मलमा गोली चलाउने आक्रमणकारीको नागरिकले गरे हत्या



एजेन्सी, ३ साउन । अमेरिकाको इन्डियाना राज्यको एक मलमा गोली चलेको छ । घटनामा ३ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । एक सशस्त्र नागरिकले आक्रमणकारीको हत्या गरेका छन्। गोली चलाउनुको कारण अहिले सम्म थाहा हुन सकेको छैन ।

घटना ग्रीनवुड पार्क मलमा भएको थियो । ग्रीनवुड प्रहरीले एक अज्ञात व्यक्ति मलको फूड कोर्टमा प्रवेश गरेको जनाएको छ । प्रहरीको अनुसार एक व्यक्ति भित्र पसे र उनले अन्धाधुन्ध गोली चलाउन थाले । यसपछि मलमा उपस्थित अर्का नागरिकले आक्रमणकारीमाथि गोली चलाए । नागरिकले चलाएको गोलि लागेर आक्रमणकारीको मृत्यु भएको हो ।

गोली हानाहानपछि मलमा अस्तव्यस्त भएको थियो । मानिसहरु आफ्नो ज्यान जोगाउन यता उता दौडिएका थिए । प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ । घटनास्थलमा उपस्थित व्यक्तिसँग सोधपुछ भइरहेको छ ।

मलमा गोली चलेको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । आक्रमणमा घाइते भएकाहरुलाई अस्पताल लगिएको छ ।
यो मल इन्डियानापोलिसबाट करिब १६ किलोमिटर टाढा छ। त्यहाँ १३० भन्दा बढी इनडोर र आउटडोर रेस्टुरेन्ट र पसलहरू छन्। यस गोलीबारीमा कुल ४ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन्, जसलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । फुड कोर्ट नजिकैको शौचालयबाट पनि शंकास्पद झोला भेटिएको छ । सम्पूर्ण विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा मारिएका आक्रमणकारी र अन्यको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । गोली चलाउनुको कारणबारे पनि अनुसन्धान भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानबाट आक्रमणकारीमाथि गोली चलाउने व्यक्तिसँग हतियार रहेको पाइएको छ । इन्डियानामा ह्यान्डगन राख्नमा केही प्रतिबन्धहरू छन्। आपराधिक पृष्ठभूमि भएका र १८ वर्षभन्दा कम उमेरका व्यक्तिले बन्दुक राख्न पाउँदैनन्। आक्रमणकारीमाथि गोली प्रहार गर्ने व्यक्तिको उमेर कति थियो र उनको पृष्ठभूमि के हो भनेर हामीले अनुसन्धान भइरहेको छ ।

यसअघि ५ जुलाईमा इन्डियानामा छुट्टी मनाउने क्रममा गोली चलेको थियो । यसमा १० जनालाई गोली लागेको थियो, जसमध्ये ३ जनाको मृत्यु भएको थियो । त्यसैगरी, जुलाई ४ मा शिकागोमा स्वतन्त्रता दिवस परेडका क्रममा गोलीबारी भएको थियो, जसमा ७ जनाको मृत्यु भएको थियो।



प्रतिक्रिया दिनुहोस्