काठमाडौं, ३ साउन । भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविचले इटालियन क्लब एसी मिलानसँग थप एक वर्षको लागि सम्झौता नवीकरण गरेका छन् । ४१ वर्षीय इब्राहिमोविचले नयाँ सम्झौतासँगै सन् २०२३ को जुन ३० सम्म मिलानमा रहने पक्का भएको छ ।
इभ्राहिमोविचले गत सिजन ८ गोल गर्दा एसी मिलानले सहरी प्रतिद्वन्दी इन्टर मिलानलाई पछि पार्दै सिरी ए उपाधि जितेको थियो ।
सन् १९९९ मा माल्मोबाट डेब्यु गरेका इब्राहिमोविचले आयाक्स, युभेन्ट्स, इन्टर मिलान, बार्सिलोना, पीएसजी, म्यानचेस्टर युनाईटेड र लस एन्जल्स ग्यालेक्सीबाट खेलिसकेका छन् । १२१ खेल खेल्दै ६२ गोल गरेका इभ्राहिमोविच स्विडेनको सर्वाधिक गोलकर्ता समेत हुन् ।