Logo

पुष्पाका अल्लु अर्जुन छिट्टै बलिउडमा डेब्यु गर्दैै



एजेन्सी, ३ साउन । साउथ सुपरस्टार अल्लु अर्जुनले भर्खरै एक अन्तर्वार्ताका क्रममा बलिउडमा आफ्नो प्रवेशलाई लिएर प्रतिक्रिया दिएका छन् । अल्लुले राम्रो स्क्रिप्ट पाए बलिउडमा अवश्य काम गर्ने बताए । अल्लुको फिल्म ‘पुष्पा’ रिलिज भएपछि हिन्दी दर्शकमाझ पनि उनको फ्यान फलोइङ निकै बढेको छ । त्यसैले सबैजना उनको बलिउड डेब्यूको प्रतिक्षामा छन् ।

अल्लु अर्जुन भन्छन्, ‘मेरो लागि यो सजिलो काम हुनेछैन, तर उचित अवसर पाएमा म आफ्नो सबै कुरा दिन्छु । हिन्दीमा अभिनय गर्नु अहिलेको लागि मेरो कम्फर्ट जोनबाट अलि बाहिर छ, तर आवश्यकता पर्दा म मेरो कम्फर्ट जोनबाट पूर्ण रूपमा बाहिर हुनेछु। अल्लुको भनाइबाट स्पष्ट हुन्छ कि उनी बलिउडमा काम गर्न विचलित छैनन्।

अल्लु पछिल्लो पटक ‘पुष्पा द राइज’ मा देखिएका थिए । यही फिल्मबाट उनी विश्वभर चर्चित भए । यो फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् । फिल्ममा अल्लु अर्थात् ‘पुष्पराज’ बाहेक रश्मिका मन्डन्ना, सुनील, सामन्था रुथ प्रभु, फहद फासिल, प्रकाश राजलगायतका धेरै स्टारहरू मुख्य भूमिकामा देखिएका थिए। फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा रिलिज भएको थियो। यो फिल्मको हिन्दी संस्करणले करिब ११० करोड भारु कलेक्सन गरेको थियो । अहिले फ्यानहरु फिल्म ‘पुष्पाः द रुल’ को दोस्रो पार्टको प्रतिक्षामा छन् । फिल्मको यो भाग चन्दन तस्करीमा आधारित हुनेछ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot