Logo

प्रधानमन्त्री दौडमा ऋषि सुनकको अग्रता कायमै



लन्डन, ३ साउन । बेलायतका पूर्वअर्थमन्त्री ऋषि सुनकले सोमबार बेलायतको प्रधानमन्त्री बन्ने दौडमा आफ्नो अर्को अग्रता कायम राखेका छन् । कन्जरभेटिभ पार्टी नेताका लागि भएको तेस्रो चरणको मतदानमा उनले आफ्नो अग्रता कायमै राखेका हुन् ।

सोमबार भएको कन्जरभेटिभ सांसदको तेस्रो चरणको मतदानमा सुनकले ११५ मत पाएका छन् भने पूर्व रक्षामन्त्री पेनी मोर्डन्टले ८२ र विदेशमन्त्री लिज ट्रसले ७१ मत प्राप्त गरेका छन् । यसअघि प्रधानमन्त्री जोनसनले दलको नेताबाट राजीनामा दिए पनि अगस्टपछि मात्र प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका थिए ।

नयाँ प्रधानमन्त्री ५ सेप्टेम्बरमा घोषण हुने कार्यक्रम छ ।

 



प्रतिक्रिया दिनुहोस्