Logo

‘हनि–ट्रयापिङ’ मा पक्राउ परेका बस्नेत दम्पत्तिलाई हदैसम्मको कारबाही गर्न तारा बरालको माग, कुख्याँत अपराधीको संज्ञा



काठमाडौं, ३ साउन । सामाजिक अभियन्ता तारा बरालले हनि ट्रयापिङमा संलग्न आरोपमा पक्राउ परेका सिन्धुली कमलामाई नगरपालिका–६ की कल्पना बस्नेत र कृष्णहरि खड्कालाई कुख्यात अपराधिको संज्ञा दिएकी छिन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बरालले बस्नेत र खड्कालाई पेशेबर अपराधीको संज्ञा दिँदै कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेकी हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै बरालले कल्पना आफैँ पीडित भएको बहानामा आफुसँग भेट भएको बताईन् । र, पछि कल्पनाले आफुलाई एक रातमा ४२ पटक अडियो कल गरेपछि भने बरालले कीर्तिपुर प्रहरीलाई प्रमाणकोे प्रिन्टसहित निवेदन दिएको स्मरण गराईन् । कल्पनाले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आफूलाई र पतिलाई पतीको परिवारको सदस्यहरुबाट नै ज्यान मार्ने धम्की आएको भनेर पत्रकार सम्मेलन गरेपछि आफू न्यायको लागि उनको सम्पर्कमा पुगेको ताराको भनाई छ ।

सुरुमा कल्पनालाई आफुले भेट्न जाँदानै उनको व्यवहारले तर्सिएको बरालको भनाई छ । उनले भनिन्,‘‘म भेट्न जाँदा कल्पना निकै सिरियस अवस्थामा देखिएकी थिइन्, मलाई देखेर उनी आत्तिँइन् । मैले नआत्तिनुस भन्दा ‘त सैतान चाहिन्नस् थापा परिवारलाई तह लगाउन मैले जानेको छु भनेर भनिन् ।’’

अभियन्ता बरालले ती दम्पत्ति अपराधिक लाभ लिने उद्देश्यले विभिन्न महिला र पुरुषको समूहलाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरी र प्रत्यक्ष भेटघाट गरेर झुट्टा मुद्दा लगाई ब्ल्याकमेल गर्दै आएको आरोप लगाइन् । बरालले अहिले पक्राउ परेका बस्नेत दम्पत्तिले विभिन्न व्यक्तिहरुलाई ब्ल्याकमेल गर्दै आएको भन्दै छानबिन गरि अझै कडा कारबाही गर्र्नुपर्ने बताइन् ।

उनले केटीको प्रयोग गरी पुरुषहरुलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा भेटघाट गर्ने, भेटघाट पश्चात् नचाहिने मुद्दा लगाएर पुरुषलाई फसाउँदै आएको आरोप लगाइन् । अभियन्ता बरालले उनीहरूलाई आपराधिक मुद्दामा थप अनुसन्धान गरिनुपर्ने धारणा राखिन् ।

उनीहरुलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा अपराधिक लाभ लिने उद्देश्यले विभिन्न महिला र पुरुषको समूहलाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरी र प्रत्यक्ष भेटघाट गरेर झुट्टा मुद्दा लगाई ब्ल्याकमेल गर्ने गरेका थिए ।

दम्पत्तिसँगै सिन्धुली कमलामाई नगरपालिका–४ ठेगाना भएका २८ वर्षीय संजय कार्की पनि पक्राउ परेका छन् । सो क्रममा अर्का अभियन्ता मधु बिसीले पनि कल्पना बस्नेतको कर्तुतको बारेमा प्रकाश पारेका थिए ।

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot