Logo

रामकुमारी झाँक्रीसहित मन्त्रीबाट फिर्ता बोलाईएका एकीकृत समाजवादीका चार नेता एमाले प्रवेशको तयारीमा



काठमाडौं, ३ साउन । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेताहरु एमालेमा प्रवेश गर्नेगरि गृहकार्यमा जुटेका छन् । पार्टीले मन्त्रीबाट फिर्ता बोलाएपछि नेतृत्प्रति असन्तुष्ट रहेका नेताहरु नै एमालेमा प्रवेश गर्नको लागि आन्तरिक छलफलमा जुटेको स्रोतको दाबी छ । नेताहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले, कृष्णकुमार श्रेष्ठलगायतले एमालेमा जानेगरि तयारी थालेको बुझिएको छ ।

यी चार नेताले मन्त्रीबाट पार्टीले फिर्ता बोलाएपछि अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग पनि भेटवार्ता गरेका छैनन् । पार्टीका विभिन्न बैठकमा समेत जान छोडेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पाँच दलीय गठबन्धन कायम राख्ने आगामी संसद्को निर्वाचनमा यही गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गरेपछि कम्युनिष्ट नेताहरु पनि आन्तरिक छलफलमा जुटेका छन् ।

आजमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच छलफल भएको थियो । अहिले केही बेरमा प्रचण्ड र बाबुरामसँगै वामदेव गौतम, माधव नेपाल र झलनाथ खनालबीच पनि भेटवार्ता हुँदैछ । अध्यक्ष नेपाल र सम्मानित नेता खनालको पछिल्लो सक्रियताबाट झाँक्रीसहितका चार नेता असन्तुष्ट थिए । उनीहरु एमालेका केही नेतासँग नियमित सम्पर्कमा छन् । आगामी चुनावअघि नै उनीहरु एमालेमा प्रवेश गर्नेगरि छलफल बढेको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot