Logo

श्रीलंकाले नयाँ राष्ट्रपति पाउँदै, विक्रमासिंघे चुनिने बलियो सम्भावना



एजेन्सी, ४ साउन । इतिहासकै चरम आर्थिक संकटमा फसेको श्रीलंकाले आज नयाँ राष्ट्रपति पाउने भएको छ । गोटाबाया राजापाक्षेले देश छाडेर राष्ट्रपतिबाट राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयनका लागि संसदमा मतदान हुन लागेको हो ।

प्रधानमन्त्री रनिल विक्रमासिंघे राष्ट्रपतिका प्रबल दाबेदार छन् । उनलाई सत्तारुढ दलको साथ देखिन्छ ।

विक्रमासिंघको दलको संसदमा एक मात्र सिट छ । उनले मात्र चुनाव जितेका थिए ।

प्रतिष्पर्धामा विक्रमासिंघेसहित डुलास अलाहापेरुमा र अनुरा कुमारा दिशानायके छन् ।

श्रीलंका आर्थिक रुपमा टाट पल्टिएको अवस्थामा छ । विदेशी मुद्रा संचिती सून्य हुँदा अत्यावश्यक सामाग्री खरिद गर्न सकेको छैन । परनिर्भरता र ऋणको भारीले कुनैबेला बलियो आर्थिक अवस्था रहेको श्रीलंका संकटमा फसेको हो ।



प्रतिक्रिया दिनुहोस्